पाँचथर– कोशि प्रदेशमा जिल्ला पिच्छे जेन जीको प्रर्दशन गरेका छन् । भष्ट्रचार सरकार र नेताहरुले बढाएको, समाजिक सञ्जाल बन्द गरेको लगायतका विषयलाई लिएर उनीहरुले चर्को नाराबाजी समेत गरेका छन् ।
प्रदेश राजधानी विराटनगरमा उलेख्य संख्यामा जेन जी सडकमा आएका थिए । यस्तै सुनसरी इटहरीमा पनि प्रदर्शन भएको छ । झापाको दमकमा प्रर्दशनकारी र प्रहरी बिच झडप भएको छ । प्रधानमन्त्रीकै गृहनगरमा प्रर्दशन भएको थियो । नगरपालिका कब्जा गर्न खोजेपछि झडप भएको हो ।
यस्तै झापाकै विर्तामोडमा पनि उनीहरुले प्रर्दशन गरेका छन् ।
इलाम र ताप्लेजुमा पनि प्रदर्शन गरिएको छ । संखुवासभामा पनि प्रर्दशन भएको छ । यस्तै पाँचथरमा ४ बजेपछि प्रर्दशन गर्नका लागि स्थानिय प्रशासनसँग अनुमती लिएको जानकारी दिइएको छ ।
मोरङ, सुनसरी र झापामा प्रर्दशनकारीको उलेख्य सहभागिता थियो ।
कोशी प्रदेशका जिल्ला-जिल्लामा जेन जीको प्रर्दशन
कोशी प्रदेशका जिल्ला-जिल्लामा जेन जीको प्रर्दशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस