भाद्र १५
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा ग्लेन्डर मेसिन सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ।
मृत्यु हुनेमा फक्ताङ्लुङ–६ का करिब ३० वर्षीय सन्तोष राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार राई आइतबार अपराह्न करिब ४ बजे फक्ताङ्लुङ–५ तक्मेवा खोलास्थित निर्माणाधीन पुलमा ग्लेन्डर प्रयोग गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए।
घटना लगत्तै साथिहरुले उनलाई तापेथोक आधारभूत अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




