पाँचथर- कोटेश्वरको गेस्टहाउसबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ–३२ कोटेश्वर स्थित लालीगुराँस गेस्टहाउसमा १० जना जुवाडेसहित ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले शनिवार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका विकाश चेम्जोङ, राजु विश्वकर्मा, सुरेन्द्र चेम्जोङ, सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका दिपेन्द्र राई, पाँचथरका मोति बहादुर लिम्बु, राम बीर चेम्जोङ, केशव चेम्जोङ, रबिन चेम्जोङ, तनहुँ घर भएका ३७ वर्षीय भानु गुरुङ र पाँचथरका डिल्ली घिमिरे छन् ।
जुवा खालबाट प्रहरीले १६ थान कौडा समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले जुवा सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।




