पाँचथर ।
अलैंची महासंघ नेपालको ५ औं अधिवेशन तथा ९ औं साधारणसभा शनिवार सम्पन्न भएको छ। अधिवेशनबाट पाँचथर जिल्लाका दीपक नेपाल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन्।
अधिवेशनले नयाँ नेतृत्वसहित ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा नेपाल अध्यक्ष रहनु भएको छ भने वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, महासचिव १ जना, सचिव २ जना चयन भएका छन्।
अलैंची व्यवसायसँग सम्बन्धित महासंघको शाखा पाँचथरसहित १६ जिल्लामा फैलिएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले अलैंची व्यवसायका अवसर र चुनौतीबारे गहन छलफल गरेका थिए।
नयाँ नेतृत्वले अलैंची उत्पादन, बजारीकरण र निर्यात प्रणालीमा सुधार ल्याउँदै किसान तथा व्यवसायीका हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।




