पाँचथर– पाँचथरको याङवरक गाउँपालिका– २ को इँवाखोलामा फसेका चार जनाको उद्वार भएको छ । पाहा मार्न गएका उनीहरु खोलामा बाढी आएपछि फसेका थिए । दुबैतिर खोला बगेर बिचमा छोडिएको सानो भागमा बसेका उनीहरुलाई फड्के बनाएर उद्ववार गरिएको प्रहरीले जानकारी दिएको छ ।
खोलाको बिच उनीहरु रातभरी आगो बालेर बसेका थिए भने वारी रहेको प्रहरी र स्थानिय उनीहरुलाई जोगाउनका लागि फड्के बनाउन खटिएका थिए ।
चारै जना पाहा मार्नका लागित्यहाँ पुगेको प्रारम्भीक जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकीले जानकारी दिए । फिदिम–४ का प्रदिप तामाङ, झल्ला सम्बाहाफे, शेर बहदाुर मगर र ताप्लेजुङ सिदिङवका सन्तोष पन्धाक खोलामा फसेका थिए ।
पाँचथरमा खोलामा फसेकाको उद्वार
पाँचथरमा खोलामा फसेकाको उद्वार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




