पाँचथर।जिल्ला प्रहरी कार्यालय पाँचथरले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका–२ का ५५ वर्षीय चक्रराज रम्तेललाइ नवलपरासी घर भई झापा निवासी जाेग बहादुर थारु र उनका साथीबाट ठगी भएको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। अनुसन्धानका क्रममा मोरङ सुनसरी घर भई विराटनगर महानगरपालिका–५ बस्ने ४२ वर्षीय अमिन महतोलाई पक्राउ गरिएको हो।
महतोले आफूलाई कृष्ण मुर्मुका नामले चिनाउँदै विभिन्न बहानामा पीडितलाई २० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
उनीलाई चित्तवनबाट पक्राउ गरी थप अनुसन्धानका लागि पाँचथर ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।





