झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-७ पशुडाँडामा आज (मंगलबार) बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्।
झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्।
उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।




