पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ मा जाँडको ड्रममा डुबेर एक बालक गम्भीर घाइते भएका छन्। स्थानीय पुष्पा गुरुङका १ वर्षीय छोरा स्केल गुरुङ घरमा राखिएको जाँडको ड्रममा अचेत अवस्थामा भेटिएका हुन्।
घटनापछि परिवार र स्थानीयको सहयोगमा उनलाई तत्काल गणेशमानसिंह सामुदायिक अस्पताल फिदिम पुर्याइएको थियो। तर, अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि चिकित्सकको सिफारिसमा झापा रेफर गरिएको वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए।
बालकको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचार भइरहेको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन्।