काठमाडौँ । हाल (बुधबार बेलुका) देशभर मौसम पूर्णतया बदली (आकाशभरि बादल) छ भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज रातभर नै मौसम बदली र वर्षा हुने क्रम जारी रहने सम्भावना छ।
यस क्रममा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। अनि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।