विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले स्थानीय सरकारी सेवा, पाँचौं तहमा १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।प्रदेश लोक सेवा आयोगको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रिया पूरा भएको हो। बढुवा समितिले साउन २५ गतेको बैठकमार्फत सिफारिस सूची अनुमोदन गरेको र सोमबार सूचना प्रकाशित गरेको हो।
यो सिफारिस स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०५० को दफा ३९ बमोजिम गरिएको हो। उनीहरूलाई देहायका स्थानीय तहमा पदस्थापन गरिने जनाइएको छ।