झापा । झापाको हल्दिवारी गाउँपालिका–४ जलथलमा हैरान पार्ने घटना सार्वजनिक भएको छ। ६० वर्षीय एक पुरुष आफ्नै पालेको पोथी कुखुरासँग करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आरोपीले पोथी कुखुरालाई सुत्ने कोठामा लगेर करणी गर्ने क्रममा उनलाई उनकी श्रीमतीले देखेकी थिइन्। श्रीमतीले तत्काल प्रहरीलाई खबर गरेपछि टोलीले घटनास्थलमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
घटनापछि पोथी कुखुराको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। वर्तमान अवस्थामा आरोपी प्रहरी हिरासतमा छन् र आवश्यक कानूनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।