फिदिम । कोभिड १९ कोरोना भाइरसका कारण हामे जनजीवननै परिबर्तन हुदै गएको छ । हाम्रो दैनिक जनजीवनमा गरिने क्रियाकलापमा समेत परिर्बतन आउन थालेको छ । यस्तै परिर्वतन बिबाहमा समेत देख्न थालिएको छ ।
धुमधामका साथ गरिने हाम्रो बिबाहको चलन समेत कोभिडले परिबर्तन गराइ दिएको छ । संखुवासभाको खाँदबारी नगरपालिका-८ का एक व्यक्तिले भने कोरोना संक्रमणबाट जोगिन र निषेधाज्ञाका कारण मोटरसाइकलमै बेहुली भित्रयाएका छन् । खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले कोरोना भाइरसको त्रास र निषेधाज्ञाका कारण बिनातामझाम मोटरसाइकल चढाएर बेहुली भित्राएका हुन् । उनी मोटरसाइकलमै बेहुली लिन धर्मदेवीको आँखीभुइँ गएका थिए ।
कोरोना भाइरस संक्रमणको त्रास र निषेधाज्ञाका कारण आफूले सामान्य तरिकाले गरेको दुलही ल्याएको सन्तोषले बताए ।दुलाहा सन्ताषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । यसका लागि उनी पाँच सात जना आफन्तसहित बेहुलीको घर पुगेका थिए ।
जिल्ला प्रशासनले विवाह समारोहमा १५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन नै दिएको छ । तर, पनि यातायात सुविधा भएको ठाउँमा दुलाहाले सकेसम्म दुलही ल्याउन गाडीकै प्रयोग गरेको देख्न सकिन्छ । तर उनले मोटरसाइकलमै बेहुली ल्याएका हुन ।