झापा । प्रहरीले लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
ब्युरोका एसएसपी कृष्ण कोइरालाले गोली चलाएको पुष्टि गरे । यसबारे थप विवरण आउन बाँकी छ ।