झापा । झापाको दमकमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान अन्दाजी ६ः४५ बजे बसको ठक्करबाट स्थानीय सोमबहादुर बिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दमक ४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्री ६० वर्षीय बिकलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते बिकलाई उपचारका लागि दमक अस्पताल पठाइएकोमा ७ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । बस, साइकल र बसचालक मकवानपुर हेटौडा ७ बस्ने ४७ वर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।