पाँचथर । नेपाल विद्युत् प्राधिकरण पाँचथर वितरण केन्द्रले यासोक फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा साउन १० गते शनिबार ९ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहने प्राधिकरणले जानकारी दिएको छ। सो अवधिमा लाइन मर्मत, पोल स्थानान्तरण, इन्सुलेटर परिवर्तन, झाडी सफा र अन्य प्राविधिक कामहरू गरिने बताइएको छ।
विद्युत् बन्दका कारण कुम्मायक गाउँपालिका, तुम्बेवा गाउँपालिका, मिडलाजुङ गाउँपालिका, लुम्फुबुङ, नववीडाँडा लगायतका आसपासका क्षेत्र प्रभावित हुनेछन्।
प्राधिकरणले काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत् सेवा समयमै सुचारु गरिने र असुविधाप्रति क्षमायाचना गरेको जनाएको छ।