पाँचथर । दक्षिण एशियाली फुटबल महासंघ (साफ) अन्तर्गत सन् २०२५ मा श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा सहभागिताका लागि पाँचथर जिल्ला फुटबल संघले २६ खेलाडी सिफारिस गरेको छ।
नेपाल सहभागी हुने प्रतियोगिता लक्षित गरी राष्ट्रिय टिम निर्माणको प्रक्रिया अघि बढाइएको छ। त्यसैअनुसार कोशी प्रदेश फुटबल संघमार्फत हुने प्रदेशस्तरीय छनोटका लागि पाँचथरबाट उत्कृष्ट २६ खेलाडी सिफारिस गरिएको हो।
संघले सिफारिस गरेको खेलाडीहरूको प्रदेशस्तरीय छनोट कार्यक्रम २०८२ साल साउन ११ र १२ गते बिहान ८ बजेबाट धरानस्थित एन्फा टेक्निकल सेन्टर (रेल्वे लाइन) मा सञ्चालन हुने भएको छ। सिफारिसमा परेका खेलाडीहरूमा अनुप नेपाली, एल्सन ओझा, बिश्वहाङ आङदेम्बे, सुजित तामाङ, रुपन राई, सबिन आङदेम्बे, साम्याेग लावती, किस्मत परियार, रोमन तुम्राेक, आयुष राई, अनमोल सिवा, जेम्स बुढाथाेकी, कुवेरहाङ योङहाङ, प्रनिस चेन्चोङ, बिज्ञान तामाङ, मिक्ताेक जबेगु, रुपेश राई, सम्भुहाङ राई, शिशिर राई, विश्वजीत नेम्वाङ, मिङशाे लावती, अभिषेक आङदेम्बे , निशान फुयल, एलुङ चेम्जाेङ , आयुस राई र कुशल फुयल रहेका छन्।
पाँचथर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर राईद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएका खेलाडीलाई निर्धारित मिति, स्थान र समयमा उपस्थित भई छनोट प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।