ताप्लेजुङ । लाखेजात्रा पर्वको अवसरमा प्रहरीले मेला क्षेत्रमा हाउजी (जुवाजन्य खेल) खेल्न नपाइने कडा निर्देशन दिएको छ। नेपाल भाषा तथा सांस्कृतिक समाजद्वारा आयोजित लाखेजात्रा पर्व शुभारम्भ कार्यक्रममा प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले भने, “यस पटक मेला क्षेत्रमा जुवाजन्य खेल खेल्न सकिन्न। यो मानिसहरूको घरबार बिगार्ने काम भएकाले हामी यसमा कडाइ गर्नेछौं।”
यस वर्षको लाखेजात्रा फुङलिङको तोक्मेडाँडा प्रवेशद्वार र बिरेन्द्रचोक छेउमा मिनीमेला गरी दुई ठाँउमा आयोजना गरिएको छ। त्यहाँ मनोरञ्जन, पिङ खेल्न पाइने भए पनि हाउजीजस्ता जुवाजन्य खेलहरू कडापूर्वक रोकिने प्रहरीको दाबी छ।
फुङलिङ नगरपालिकाले पनि सुरक्षा समिति सहित छलफल गरेर बेलुका १० बजेपछि बजार बन्द गर्ने निर्णय गरिसकेको छ। प्रहरी प्रमुख गौतमले भने, “सदरमुकाममा सुरक्षा व्यवस्था कडा गरिएको छ र सबैले यसमा सहयोग गर्नुपर्नेछ।”
लाखेजात्रासँगै हुने फुटबल प्रतियोगिता र गठेमङ्गल पर्वको तयारी समेत भइरहेको बेला प्रहरी र स्थानीय प्रशासनले सयुक्त रुपमा पर्वको शान्तिपूर्ण सञ्चालनमा जोड दिएका छन्। तीर्थयात्रीको भीड बढ्ने हुँदा कुनैपनि अप्रिय घटना हुन नदिन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। गठेमङ्गल पर्वसँगै लाखे नाच सुरु भएकोछभने मिनिमेलाको तयारीपनि भइरहेको छ । ताप्लेजुङ गोल्डकप साउन २४ देखि ३१ गतेसम्म हुँदैछ ।