झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित इलामका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन् ।
बुधबार साँझ ५ः३० बजे मेचीनगर वडा नम्बर ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलाम ११ बस्ने १८ वर्षीय इछिङ एक्तेन ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
शंका लागेर शरीर चेकजाँच गर्ने क्रममा उनको मलद्वारबाट ७ ग्राम १३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।