ताप्लेजुङ-गठेमंगलको पूजा गर्दै ताप्लेजुङमा लाखे नाच सुरु भएको छ । फुङलिङ नगरपालिकाकाे भिन्तुना डाडाँ जौबारीमा रहेको नेपाल भाषा तथा सांस्कृतिक समाजको भवनमाबाट लाखे नाँच सुरु भएकाे हाे । गथाँमुग चःन्हे श्रावण कृष्ण चतुर्दशीको अवसरमा लाखे नाँचको सुरुवात गरिने समाजका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए ।