फिक्कल । इलाममा अचेत अबस्थामा भेटिएका व्यक्तिको मृत्यु भएको छ । बिहीबार साँझ ७ बजे इलामको रोङ गाउँपालिका वडा नम्बर ४ भालुझोडास्थित मेची राजमार्गको छेउमा तत्काल पहिचान नखुलेका युवा भेटिएका थिए ।
उनलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि फिक्कल अस्पताल पठाइएको थियो । प्रहरीका अनुसार रोङ गाउँपालिकाका अन्दाजी ३२ वर्षका निर्मल लिम्बू अचेत अवस्थामा फेला परेका थिए ।
उनको परिवारलाई सम्पर्क गरी प्रादेशिक अस्पताल भद्रपुरमा बुझाएकोमा परिवारले उपचार गर्न नसकी घरमा पुर्याउनसाथ शुक्रबार साँझ ६ बजे मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।




