फिदिम । पाँचथरमा कोरोना संक्रमित भएर निको हुने संख्या एक हजार असी जना पु्गेको छ । अर्थात उनिहरु कोराना संक्रमित भएर निको भएका हुन् । पाँचथरमा शनिबार बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १४ जना नागरिकमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १ हजार ७ सय ४८ पुगेको छ । संक्रमित मध्ये १ हजार ८० जना निको भएका छन ।
एन्टिजेन विधिवाट १ सय १७ जनाको परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।
६ सय २७ जना होम आइसोलेसनमा , एचडियुमा ७ जना उपचाररत छन् । २७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।