काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ता पदबाट बर्खास्तविरुद्ध सगुनसुन्दर लावती उजुरी दिन निर्वाचन अयोगमा पुगेका छन्।
लावतीले आफू भर्खर आयोगको कार्यालयमा पुगेको र उजुरी दिने तयारी गरिरहेको जानकारी दिए। ‘म आइसकेँ, अरू साथीहरू पनि आउँदै हुनुहुन्छ’, उनले भने ।
उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्।
यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको आरोप लगाउँदै शनिबार राप्रपा महामन्त्री धवल शमशेरको संयोजकत्वमा पार्टीको छुट्टै भेला राखिएको थियो।
भेलाले लावतीलाई प्रवक्ताबाट तथा नवराज सुवेदीलाई राप्रपाको अनुशासन समितिको संयोजकबाट हटाइएकोविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको थियो।
सोहीबमोजिम यो समूह आज निर्वाचन आयोग पुगेको हो।
उता राप्रपाका प्रचार विभाग प्रमुखसमेत रहेका अर्का प्रवक्ता मोहनकुमार श्रेष्ठले भने सुवेदीले पार्टी छाडिसकेकाले ‘लोकलाजको ख्याल गर्न’ सुझाव दिएका छन्




