फिदिम । भारतमा सिंहलाई पनि कोरोना भाइरसको नयाँ भेरिएन्टको कोरोना संक्रमण भएको छ ।
तमिलनाडूको भंडालुरमा रहेको अरिगनर अन्ना जूलोजिकल पार्कमा रहेका सिंहमध्ये ४ वटामा नयाँ भेरिएन्ट अर्थात डेल्टा भाइरसको संक्रमण भएको पाइएको हो ।
ती सिंहरुको जिनोम सिक्वेन्सिङ गर्दा यस्तो पत्ता लागेको भारतीय सञ्चार माध्यममले जनाएका छन् ।
राष्ट्रिय उच्च सुरक्षा पशुरोग संस्थानमा ती सिंहको नमूना जीनोम सिक्वेन्सिङ गर्न पठाइएको थियो । परीक्षणका क्रममा चार वटामा कोरोना भाइरसको पेङ्गोलिन लिनियेज बी .१.६१७.२ भेरिएन्ट पाइएको हो ।
यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टा भेरिएन्ट नाम दिएको छ । यो भेरिएन्ट अझ बढी संक्रमक रहेको छ ।
त्यो पार्कको अन्य ९ वटा सिंहपनि यसअघि कोरोना संक्रमित भएका थिए । ती सिंहहरुको अहिले उपचार भइरहेको छ ।