पाँचथर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाएका छन् । अध्यक्ष लिङ्देनले बुधबार लावतीलाई प्रवक्ता पदबाट हटाएका हुन् । यसैगरी लिङ्देनले केन्द्रीय अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनीत गरेका छन् ।
पार्टी विधानले दिएको अधिकार प्रयोग गरी लिङ्देनले लावतीलाई पदमुक्त र कार्कीलाई मनोनीत गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय नरहेको आरोप लागेको थियो । 




