काठमाण्डाै । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
खनालको ज्वरो कम हुँदै गएको छ।
‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले भने। उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’
नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको हो।