पाँचथर– हेवा खोलामा मोडुरल ब्रिज भाँचिपछि सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा बनेको छानबिन समितिले स्थलगत अनुगमन गरेको छ ।
मेची राजमार्गमा पर्ने हेवाखोलामा बनाईदै गरेको मोडुलर ब्रिज भाँचिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ७ दिनमा प्रतिवेदन बुझाउने गरी पाँच सदसिय छानबिन समिति बनाएको थियो ।
समितिको टोलिले ब्रिज जडानमा भएको काम गर्ने तरीका, लोड व्यवस्थापन, प्राविधिक पक्ष लगायतका विषयमा अध्ययन गर्न घटना स्थल आइपुगेको हो ।
स्थलगत अध्ययन गरेपछि प्राविधिक पक्षको पनि अध्ययन हुने खनालले बताए । काठमाडौँ पुगेर प्रतिवेदन बुझाउने उनको भनाई छ । कमजोरी सच्याएर फेरी ब्रिज जडानको काम अघि बढ्ने खनालले बताए ।
ब्रिज उपलब्ध गराउने भारत सरकारसँग पनि कुरा भईरहेको जानकारी दिइएको छ । उनीहरूको प्राविधिक ल्याएर जडान गर्ने कि भन्ने छलफल भइरहेको बताइएको छ ।
७० मिटरको मोडुलर ब्रिज जडानको अन्तिम चरणमा पुगेपछि अब के हुने हो भन्ने अन्योलता रहेको छ ।
भाँचिएको ब्रिज क्रेन ल्याएर खोल्ने काम अघि बढाउन लागिएको छ । भाँचिएपछि ब्रिजका सामाग्रि २० प्रतिशत विग्रिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए ।
भाँचिएपछि २० प्रतिशत सामाग्री बिग्रिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । केही दिनपछि ब्रिज खोल्नेका काम अघि बढाउनका लागि क्रेनको खोजी भईरहेको उनले जानकारी दिए ।
२०८० सालमा पुल बगाएपछि राखिएको बेलिब्रिज २०८१ असोज–१२ गते बगाएपछि ७० मिटर लामो मोडुलर ब्रिज जडानको काम अघि बढाइएको थियो ।
पुल भाँचिएर घाईते भएका मध्ये सिमरा उपमहानगरपालिका बारा–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको थियो ।