पाँचथर– पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ भोलीसम्ममा बारीपारी जोडिने भएको छ । ब्रिज जोड्दै ठेलेर पारि पु¥याउन लागिएको छ ।
लोड मिलाउदै मोडुलर ब्रिज जोड्दै पारि पुग्न लागेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले दिए ।
७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान कार्य अन्तीम चरणमा पुगेकाले अब दश दिनसम्मा दिनसम्ममा गाडी चलाउन सकिने अवस्थामा पु¥याईने भटर्राले जानकारी दिए ।
नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको छ । नेपालमा नयाँ भएकाले जडानमा सहयोग गर्नकालागि भारतीय प्राविधक निर्माण स्थलमा छन् । नयाँ र जटिल भएकाले भारतीय बरिष्ठ इन्जिनियरलाई बोलाइएको बताइएको छ ।
मोडुलर ब्रिज भारतसरकारले सहयोग गरेको हो । नेपाल सरकारको बजेटले ब्रिज जडानको काम भइरहेको हो । यहि पुल उत्पादन गर्ने सरकारी भारतिय कार्यालयका इन्जिनियर समरजित दासले सहयोग गरिरहेका छन् । नेपालका लागि नँया भएकाले उत्पादन गर्ने ठाँउकै अनुभवि बरिष्ठ इन्जिनियर बोलाएर काम सहयोग लिइएको भटराईले जानकारी दिए ।
ब्रिज जडान गर्दै ठेल्ने काम भईरहेको छ । सिमित प्रविधिमा पनि राम्रोसँग काम भईरहेको दासले बताए ।
‘दश दश फिटको २३ वटा प्यानल जोडेर बनाइदै छ । ठेलेर पारी टेकाउछौँ’ भटराईले भने ‘दिनरात गरेर गरिरहेका छौँ । ठुलो बाढि आयो भने डाईबर्सन बगाएर समस्या हुन्छ भन्नेमा सचेत छौँ ।’
अहिले खोलमा पानी कम देखिन्छ । तर बर्षाको बाढिले २०८० सालमा पुल बगायो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । विभिन्न प्रविधिक सुधार गरेर पुल राख्ने काम अघि बढाएको डिभिजन कार्यालयको भनाई छ ।
तर यो ब्रिजमा धेरै ठुलो क्षमता भएका गाडी कुदाउन नमिल्ने प्राविधकको भनाई छ । पुल बनाउने काम साढे ३ करोडमा ठेक्का लगाइएको थियो । अहिले अस्थाई डाईसर्बनबाट गाडी चलिरहेको छ ।