पाँचथर– तमोर करिडोरमा पर्ने कुम्मायक गाउँपालिकाको भुल्के र फिदिम नगरपालिकाको लुङरुपामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । दुबै प्रहरी चौकी उद्घाटन गरि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
असईको कमाण्डमा प्रहरी राखिएको छ । तमोर करिडोरमा सवारी चाप बढ्दै गएपछि चौकी स्थापना भएको हो । आवश्यकता र स्थानीयको मागलाई ख्याल गरि चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल बुढाथोकीले जानकारी दिए ।