फिदिम । पाँचथरमा शुक्रबार थप १ सय १५ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । पाँचथरका िबिभन्न स्थानमा गरिएकाे एन्टिजेन विधिवाट ३ सय ५९ जनाकाे परिक्षणमा यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७ सय ३४ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार ३२ जना निको भएका छन ।
२५ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १३ जनालाई जिल्लामै उपचार गराइरहेको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।