पाँचथर– जिल्ला प्रशासन कार्यालय पाँचथर पुग्दा विगत भन्दा धेरै परिवर्तन भएको पाइन्छ । साजसज्जा गरिएको छ भने नयाँ संरचना बनाइएको छ ।
भौतिक संरचनामा सुधार भएसँगै सेवा सुविधामा समेत सुधार तथा छिटो छरितो गरिएको कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सबै फाँटका संरचना, फाइल व्यवस्थापन, सेवाग्राहीका लागि सुविधाका लागि संरचना निर्माणका काम गरेको छ । धेरै जमघट हुने नागरिकता फाँटलाई पुनः संरचना बनाइएको छ भने फाइल राख्ने घर्राहरू परिवर्तन गरिएको छ ।
सभाकक्ष, फाँट तथा बाहिरि सौन्दर्ययतालाई पनि सुधार गरिएको छ । पार्सपोट र राष्ट्रिय परिचयपत्रको प्रशासन कार्यालयबाटनै निःशुल्क भर्न थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए । यस अघि सो फर्म कार्यालय बाहिर भरिने गरिन्थयो । कागजात मिलेर आयो भने एक घण्टा भित्र नागरीता दिन थालिएको उनले बताए ।
कार्यालयमा जिल्लाको पहिचान झल्काउने सामाग्री राखिएको छ । क्यान्टिन लगायतका भौतिक संरचनाको सुधारका काम भईरहेको छ । नागरिकता एक घण्टाभित्र दिईसक्ने जस्ता सेवालाई छिटो बनाउने काम भईरहेको कार्यालयले जानकारी दिएको छ । जिल्लाको महत्पूर्ण कार्यालय भएकाले पनि सकारात्मक सन्देश दिन खोजिएको अधिकारीले बताए । विभिन्न ठाउँबाट स्रोत जुटाएर काम गरिएको जानकारी दिइएको छ ।