सत्तारुढ कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका अधिकारीले माओवादी केन्द्रसहितको गठबन्धनकी उम्मेदवार रेखा लावतीलाई पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित अधिकारीले ७०४ मत प्राप्त गर्दा लावतीले १९४ मत मात्रै प्राप्त गरिन् ।
यस्तै, उपाध्यक्षमा उमानाथ अधिकारी, दिपेश गुप्ता, सूर्य मगर र शिव अधिकारी निर्वाचित भएका छन् । महासचिवमा चन्द्र काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेश काफ्ले निर्वाचित भएका छन् । नवनियुक्त अध्यक्ष अधिकारीले व्यवसायिका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।