पाँचथर– जंगलमा लागेको डडेलोले जलेर पाँचथरमा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । घाइतेकाे अवस्था गम्भिर रहेकाे छ ।
यस्तै डडेलो निभाउन गएका एक जना पनि घाईते छन् ।
डडेलोमा परि घाईते भएकी पाँचथरको कुम्मायक गाँउपालिका–३ ताम्राखु भन्ने ठाँउको जंगलमा लागेको आगोमा परि घाईते भएकि २२ बर्षिय प्रतिमा सम्बाहाफेको मृत्यु भएको छ ।
घाईतको उपचारका लागि धरान पठाइएकोमा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको बताइएको छ । पाँचथरका प्रहरी प्रमुख डिएसपि कौशाल बुढाथोकिका अनुसार घास काट्न जंगलमा गएका बेला डडेलोमा परि उनी घाईते भएकी थिईन । घाँस काट्न गएका उनीसँगै चार जना डडेलोमा फसेका थिए ।
डडेलोमा परि बर्ष २८ कि सविना सम्बाहाफे, ११ बर्षिय शिवाना सम्बाहाफे र ६० कि निरमाया सम्बाहाफेलाई उपचारका लागि विपि मेमोरीय अस्पताल धरान पु¥याइएको छ । उनीहरुको अवस्था गम्भिर छ । सोहि ठाँउको डडेलो निभाउन गएका ३१ बर्षिय खगेन्द्र विक लडेर घाईते भएका छन् ।
यस्तै फिदिम नगरपालिका–१३ र १४ को सिमानाको बनमा लागेको डडेलोमा परि ४७ बर्षिय उषा नेम्बाङ राई गम्भिर घाईते भएकी छन् । दाउँरा लिएर घर फर्किदै गर्दा उनलाई डडेलोले भेटेको थियो । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ ।
विहिवार दिनभर पाँचथरका विभिन्न ठाँउमा आगलागि र डडेलोका घटना भएका छन् । केहि दिन यता जिल्लाका विभिन्न ठाँउमा डडेलो लागेको डिएसपि बुढाथोकिले जानकारी दिए । जंगलमा आगो लगाउने तिन जनालाई पक्राउ गरि कानुनी काार्बाहि अघि बढाइएको उनले बताए ।
पाँचथरमा डडेलोमा परि घाईते भएकी एक जनाको मृत्यु, चार जना गम्भिर
पाँचथरमा डडेलोमा परि घाईते भएकी एक जनाको मृत्यु, चार जना गम्भिर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस