फिदिम । पाँचथमा कोरोना संक्रमित एक युवकको पाँचथर अस्पतालमा निधन भएको छ । उनि फालेलुङ गाँउपालिका रहेकाे बाताइएकाे छ । उनि फिदिम नगरपालिका २ पल्लोटार बस्दै आएका थिए । उनको बिहिबार राति अस्पतालमा निधन भएको हो ।
उनलाई असार १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । एक रात अस्पतालमा रहेका उनी होम आइसोलेसनमा बस्ने भन्दै घर गएका थिए । स्वास्थ्यमा थप समस्या भएपछि उनलाई बिहिबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
पाँचथर अस्पतालमा उपचार गराईरहेका उनलाई थप उपचारका लागि झापा लैजाने तयारी गरिरहेका बेला उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।