पाँचथर– पूर्वी पहाडका जिल्लालाई तराई तथा सुविधा सम्पन्न सहरलाई छिटो जोड्ने तमोर करीडोरको मुलघाट–दोरम्बा सडकमा पर्ने खोलाहरु पुल बनाउने कामले गति पाएको छैन् । आठ वटा पुलको ठेक्का लागेको छ तर काम सारै सुस्त छ । खोलाहरुमा पुल बनाउने कामले गति नपाउदा यो सडक खण्डमा अझै केहि समय दुखः पाउने सम्भावना छ ।
छिटो तराई झर्न मिल्ने सुविधा सम्पन्न सडक बनेपछि यहाँ गाडीको चाप बढ्दै गएको छ । तर खोलमा पुल नहुँदा समस्या बन्दै छ । हिँउदामा गाडी चलेपनि बर्षायाममा जोखिम हुने देखिन्छ । नावा खोलाले गाडी बगाएको भिडियो विगतमा भाईरलनै भएको थियो । पुल नहुँदा जोखिम रहेको छ । ‘हिँउदमा त दुखः सुख गाडी कुदाईन्छ । बर्खामा गारो छ । हेवा खोलामा डाइबर्सन बन्यो नत्र घुमेर गाडी कुदाउदै थियौँ’ तमोर कोरीडरमा ताप्लेजुङबाट गाडी कुदाउने चालक उदिप लम्जेलले भने ‘दिनै हिड्छौ, पुलको काम खासै भएको देखिदैन ।’
हेवा खोलामा रहेको बेली ब्रिज गत बर्षकै बाढिले बगाएको थियो । यहाँको पुलको अझैसम्म डिजाईन भएकै छैन् । आठ वटा पुल तमोर करीडोरमा पर्छन् । यि वाहेक ७ वटाको ठेक्का लागेको छ तर काम आशालाग्दो देखिदैन । यो बाटो पाँचथर, ताप्लेजुङ, तेह्थुम र धनकुटाबाट गाडी धमाधम चलिरहेका छन् । तमोर कोरीडरको चतरा–दोरीम्बा खण्डको १ सय ५८ किलोमीटर मध्ये १ सय १२ किलोमीटर कालोपत्रे गर्नका लागि ठेक्का लागेको थियो ।हालसम्म १४ किलोमीटर सडक कालोपत्रे भईसकेको छ । बाँकि ग्राबेल स्तरको सडकमा गाडी कुदिरहेका छन् । पुल मुख्य समस्याको रुपमा रहेको देखिन्छ । ‘सडक बनेपछि यो क्षेत्रमा चहलपहल बढेको छ । गाडी बाक्लो गरी कुदिरहेको छ तर खोलमा पुन नबन्दा समस्या पर्ने देखिएको छ’ हालै तमोर कोरीडरमा पर्ने भुल्केमा व्यवसाय थालेका सुमन लामा भन्छन् ‘हामीले सरकारी कार्यालयलाई दबाव दिइरहेका छौँ । नेताहरुलाई भनिरहेका छौँ । तर कामले गतिलिएको देखिदैन् ।’
यहाँको सडक बनाउने र पुल बनाउने सरकारी कार्यालय फरक रहेका छन् । पुल सेक्टर र तमोर कोरीडर आयोजना बिच तालमेल मिलेको देखिदैन । नावा, लोरिपा, नावा, छरुवा, लखुवा। भगुवा सहित सात पुलको ठेक्का लगाइएको छ । छरुवा बाहेकका खोलामा बनिरहेको पुलको प्रगति १५ प्रतिशत भन्दा कम छ । छरुवाको म्याद थपिने क्रममा पनि प्रगती ५० प्रतिशतको हारहारीमा छ । लोरिपा र लखुवाको काम सुरु नै हुन सकेको छैन् । हेवाको पुलको डिजाईननै कहिले बन्ने हो टुङ्गो छैन् । सडक आयोजनाको काम तिव्रतर गतिमा भएको देखिन्छ भने पुलको काम अत्यान्त सुस्त छ ।
‘तमोर कोरीडरको सडकले निक्कै आशा जगाएको छ तर पुल नहुँदा समस्या देखिन थालेको छ । गत बर्षामा गाडीनै बगाउने अवस्था आयो । बढि भन्दा बढि समस्या नावा खोलमा रहेको छ’ पाँचथरको तुम्बेवा गाँउपालिकाका अध्यक्ष बाबुराम खडका भन्छन्, ‘विकल्पको महत्पूर्ण सडकको रुपमा लिइएकाले पुलमा पर्याप्त बजेट व्यवस्थापन गरेर ठेकेदारकलाई काम लगाउनु पर्छ ।’
ठेक्का लागेअनुसार बजेट नआएको तथा ठेकेदारले पनि समयमा काम नगरेको पुल सेक्टर कार्यालय इटहरीको भनाई छ । ‘पुलको काममा ढिलाई भएकै हो । ठेकेदारले समयमा काम गरेनन् भने बजेट पनि अभाव छ । चालु आर्थिक बर्षमा पुलको १० करोड बजेट भएको सकिएको छ’ पुल सेक्टर कार्यालय इटहरीका प्रमुख डिप्रसाद शाहाले भने ‘काम गर्नका लागि ठेकेदारलाई दबाव दिइरहेका छौँ । तर बजेटको अभावले गर्दा कामले गति पाएको छैन् । ’
आवश्यक समयन्वय नहुँदा पुल बन्दै गरेको क्षेत्रमा सडक बनाउन समस्या छ । हिउँदमा जसोतसो गाडी चलेपनि बर्षामा समस्या हुने देखिन्छ । यहि पल्ट गएको बाढि पहिरोका कारण विकल्पको रुपमा लिन खोजेको पनि पुलको समस्या देखिएको छ ।
ठेकेदारलाई परिचालन गरि पुल बनाउन दाबव सृजना गरेपनि कामको गति देखिदैन । ‘पटक पटक स्थालगत अनुगमन गरेर पुल बनाउन दबाव दिईरहेका छौँ’ पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईरालाले भने ‘पुल नबन्दा समस्या हुने देखिएकाले हामीले प्रयास गरिरहेका छौँ ।’
पूर्वी पहाडको ‘लाईफ लाईन’को रुपमा लिईएको सडक कालोपत्रे गर्ने काम अघि बढेपछि यो क्षेत्रका बासिन्दा हर्षित छन् । तमोर नदिको किनारै किनार बनेको सडकका विभिन्न खण्डमा कामभईरहेको देखिन्छ । ट्रयाक खुलेसँगै सडक आसपासका क्षेत्रमा चहलपहल बढ्दै गएको छ । तराईबाट पहाडको धनकुटा, पाँचथर, तेह्थमु र ताप्लेजुङका विभिन्न क्षेत्रबाट सजिलै पुग्न सकिने छोटो सडक भएकाले प्राथमिकतामा छ । तर पुलको काम समयमा भएपछि समस्या अझै रहिरहने देखिन्छ ।