पाँचथर । हिमाली जिल्ला ताप्लेजुङमा गत सोमबार दोश्रो संस्करणको ताप्लेजुङ गोल्डकप सम्पन्न भएको छ । ए डिभिजनको त्रिभुवन आर्मि सहित ८ वटा टिम सहभागि रहेको प्रतियोगिताको उपाधि मोरङको सगरमाथा फुटबल क्लबले जित्यो ।
लाखे जात्रा लाखेजात्रा संचालन समितिको आयोजनामा जनै पुणर्िमाको दिन प्रतियोगिताको उद्घाटन भइ कृष्णजन्माष्टमीको दिन प्रतियोगिताको फाइनल हुने गर्दछ । गत सालबाट ताप्लेजुङ गोल्डकपको नाममा हुने थालेको प्रतियोगितामा हिमाली जिल्लामा फुटबलको क्रेज लोभ लाग्दो देखिएको पूर्वका फुटबलका अभिभावक दिलिप राईले जानकारी दिए ।
हिमाली जिल्लामा बर्खाको समयमा पानीमा भिज्दै दर्शकले खेल हेरेका थिए । भाद्र १० गते भएको ताप्लेजुङ गोल्डकपको फाईनलमा टिकटबाट १० लाख बढी रकम संकलन भएको आयोजक संस्थाले जनाएको छ । सोमबार मोरङको सगरमाथा फुटबल क्लब र सिराहाको सलेहश फुटबल क्लब बिच भएको फाइनल खेलमा १० लाख १४ हजार रुपैयाँ संकलन भएको हो । गत वर्षको फाईनलमा ७ लाख ५५ हजार रुपैयाँ संकलन भएको थियो । गत वर्षको फाईनलको तुलनामा साढे दुई लाख बढी रकम संकलन भएका लाखेजात्रा संचालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।
संघर्ष स्पोर्टिङ युबा क्लब ताप्लेजुङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारत बिच भएको उद्घाटन खेलमा टिकटबाट २ लाख २० हजार सकलन भएको थियो । दोश्रो दिनको सिराहाको सलहेस यूथ क्लब र पाँचथर फुटबल क्लब बिच भएको खेलमा १ लाख ३५ हजार १ सय र तेश्रो दिन १ लाख ४० हजार ८ सय र चौथो दिन दिन २ लाख १३ हजार रुपैयाँको टिकट बिक्री भएको आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
सेमिफाईलनको पहिलो दिन ३ लाख ८ हजार ८ सय रुपैयाँ र दोश्रो सेमिफाईनल खेलमा ३ लाख ४४ हजार रुपैयाँको टिकट बिक्री भएको समितिले जनाएको छ । यस प्रतियोगिताबाट २३ लाख ७६ हजार रुपैयाँको टिकट बिक्रीबाट आम्दानी भएको समितिले जनाएको छ ।
दोश्रो संस्करणको ताप्लेजुङ गोल्डकप भाषण रहित भएको छ । अतिथिहरुलाई आसन ग्रहण मात्र गराइएको थियो ।