फिदिम ।भारतीय सेनामा अब नेपाली महिला भर्ती हुन पाउने भएका छन्।नेपालस्थित भारतीय दूतावासको कल्याणकारी शाखाले एक सूचना जारी भारतीय सेना नेपाली महिला भर्ती हुन पाउने जनाएको छ।
भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य ड्युटी) मा भर्ती खुलेको शाखाले जनाएको छ।
१७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाले सेनामा भर्ती हुन आवेदन दिन सक्नेछन्। भर्तीका लागि न्यूनतम १० कक्षा उत्तिर्ण भएको हुनुपर्ने छ। भर्ती हुने महिला उम्मेदवार १५२ सेमी उचाई हुनुपर्ने जनाइएको छ। वीर नारीहरुलाई ३० वर्षसम्मको उमेर र गोर्खा उम्मेदवारलाई ४ सेमीसम्मको उचाईमा छुट दिइएको छ।
भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरुलाई तौतमा २ केजीसम्म छुट र लिखित परीक्षामा २० अङ्कसम्मको बोनस जोडिने जनाइएको छ।
आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ।