एजेन्सी। युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत फ्रान्सले ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा जर्मनीलाई १-० ले पराजित गरेको छ । फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।
खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको विश्वस्तरीय पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए । हमल्स युरोमा जर्मनीका लागि आत्मघाती गोल गर्ने पहिलो खेलाडी समेत बने ।
अर्कोतर्फ जर्मनीले २ मिनेट नबित्दै स्कोर बराबर गर्ने अवसर गुमायो । रोबिन गोसेन्सको क्रसमा थोमस मुलरको प्रहारले पोस्टको दिशा लिन सकेन । २७ औं मिनेटमा टोनी क्रुसको प्रहारले गोलरक्षक ह्युगो लोरिसलाई कुनै समस्या दिएन । ३८ औं मिनेटमा इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्ने अवसर चुकाउँदा फ्रान्सको अग्रता कायम रहयो ।
५२ औं मिनेटमा फ्रान्सको अग्रता दोब्बर पार्ने अवसरमा पोस्ट बाधक बन्न पुग्यो । एमबाप्पेको चलाखीपूर्ण थ्रु पासलाई अघि बढाएका एड्रीएन राबीओटले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो । ५३ औं मिनेटमा जर्मनी खेल बराबर गर्न नजिक पुगेको थियो । गोसेन्सको क्रसमा सर्ज गनाब्रीको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

८५ औं मिनेटमा किलीयन एम्बापपेको क्रसमा करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएन । ८८ औं मिनेटमा लेरोए सानेको फ्रिकिक बाहिरिंदा जर्मनीले खेल बराबर गर्ने सुवर्ण अवसर गुमायो ।
यस जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको समान ३ अंक भएपनि गोलअन्तरमा पोर्चुगल अघि छ । अंकविहिन जर्मनी र हंगेरी क्रमश: पुछारको दुई स्थानमा छन् ।
यसै समुहमा यस अगि भएकाे खेलमा हंगेरिलाई हराउदै पाेर्चुगलले सुखद सुरूबात गरेकाे छ ।