पाँचथर– विकास निर्माणका काम सुस्त भईरहेको बेला पाँचथरको सप्तमी– दशमी–मौवा आङ्ना– लखुवादोभान सडकको काम भने तुलनात्मक रुममा छिटो भईरहेको छ । १४ दशमलव ९ किलोमीटर सडक कालोपत्रे गर्नेकामले तिव्रता पाएको हो ।
पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार ४५ प्रतिशत काम सकिएको छ । यहि आर्थिक बर्षमा सुरु भएको कामको प्रगति राम्रो देखिएको हो । अन्य सडक, पूर्वाधार निर्माणको काममा ढिला भईरहदा यहाँको कामले भने राम्रै नतिजा देखाएको हो ।
अधिकांश स्ट्रकचरको काम सकिएर १४ किलोमीटर सडक ग्राबेल गर्ने काम पनि सकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
यो सडक तुम्मेवा गाँउपालिकाका लागि महत्पूर्ण सडकको रुपमा रहेको छ । राँके–भेडेटार सडक र तमोर कोरीडलाई समेत जोड्ने भएकाले रणनैतिक हिसाबले पनि महत्पूर्ण मानिन्छ । ४५ करोड ९० लाख ९८ हजार ३ सय ८० रुपैँया लागतमा ठेक्का सम्झौता भएको थियो । खरिढुङ्गा÷गोलमेश्वर जेभीसँग २०८२ चैत २० गतेभित्रमा काम सम्पन्न गर्ने २०७९ चैत–२१ गते ठेक्का सम्झौता भएको थियो ।
निर्धारीत मितिमा नै काम सक्ने गरी काम भईरहेको रेड्डीले जानकारी दिए ।
६ दशमलव २५ चौडाईको अस्पाल पिच हुन लागेको हो । तुम्बेवा गाँउपालिकाको केन्द्र मौवा सहित अन्य ग्रामिण बजार र गाँउहरुलाई यो सडकले सुविधा दिन्छ ।
दशमी–मौवा– लखुवादाेभान सडकको काम तिव्रगतिमा
दशमी–मौवा– लखुवादाेभान सडकको काम तिव्रगतिमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस