पाँचथर– पाँचथरको फिदिम नगरपालिका–१४ लुङरुपमा मा धामि (चिन्ता) बसिरहेको ठाँउमा कुटपिट हुँदा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
रातीको समयमा चिन्ता बसिरहेको ठाँउमा आएका एक टोलिको आक्रमणमा परि घाईते भएका ३७ बर्षिय दिनेशकुमार राईको पाँचथर अस्पतालमा उपचारका लागि ल्याइएकोमा आज विहान मृत घोषणा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
रातीको समयमा धामि बसीरहेको एउटा समुह आएर कुटपिट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार कुटपिटमा संलग्न मध्ये केहिको पहिचान खुलेकोले खोजी कार्य जारी रहेको छ ।
के विवादमा घटना भयो भन्ने खुल्न सकेको छैन् । स्थानिय धनकुमार राईको घरमा धामि राखिएको थियो । कुटपिटमा पर धुव्र राई, पर्शु राई र धुब्र विक घाईते भएका छन् ।