फिदिम । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा एक सय ७७, सुनसरीमा ९१, मोरङमा ८०, सङ्खुवासभामा सात, इलाममा ६, पाँचथरमा ११, धनकुटामा दुई, ताप्लेज्ुङ, तेह्रथुम र खोटाङमा एक–एक र प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएका मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ हजार चार सय ४२ पुगेको छ । संक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार पाँच सय ५६ रहेको छ ।
प्रदेश १ मा आज पाँच सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै हालसम्म सङ्ंक्रमणमुक्त हुनेको सङ्ख्या ४९ हजार सात सय ९५ पुगेको छ ।
पाँचथरमा महिना यताकै थाेरै संक्रमित
पाँचथरमा महिना िदन यताकै थाेरै संक्रमित पुष्टि भएकाे हाे । पाँचथरको फिदिम र हिलिहाङ गाँउ पालिकामा गरिएको एन्टिजेन परिक्षणमा आज ११ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
आज सङक्रमण पुष्टि भएका मध्ये ४ जना फिदिम नगरपालिका र ७ जना हिलिहाङ गाँउ पालिकाका नागरिक रहेको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।
आज जिल्लामा ४५ जनाको एन्टिजेन विधिवाट कोरोना परिक्षण गरिएको थियो । आज ११ जनामा सङक्रमण पुष्टि भएसँगै जिल्लामा कुल सङक्रमितको सङख्या १ हजार ५ सय ३५ पुगेको छ ।
सङक्रमित मध्ये ९ सय ३४ जना निको भएका छन यस्तै एचडियुमा १८ जनाको उपचार भइरहेको छ । वाँकी २३ जनालाइ जिल्ला वाहिर रेफर गरिएको छ । ५ सय ५३ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।