फिदिम ।प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ लाख ९२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार उक्त बजेट मंगलबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
कुल विनियोजन मध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत, पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात ४६ दशमलव ३ प्रतिशत र स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्था तर्फ ३ करोड विनियोजन गरिएको छ ।
उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट रु ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो