फिदिम । फिदिम नगरपालिका वडा नम्बर ११ फिदिम फालोट मेटरबाटो बाट १० किलोमिटरमा को दुरीमा पुग्दा एउटा मार्मीक दृष्य देखिन्छ लगभग ७०/७५बर्ष हाराहारिको देखिने एक बृद्धा पिठ्युमा दुईवटा कुम्लो बोकेर यता उता सडकमा हिडिरहेको भेटेपछि हाम्रो गाडि रोकियो । हामिले उहाँ लाई नाम सोध्ने प्रयत्न गर्यौं उहाँ बोल्नु भएन उहाँ को हो ? भनी हामिले खोजि गरिरहयौं ।
स्थानियका अनुसार २०५० सालतिर उहाँ यो गाउँमा बस्दै आउनुभएको रहेछ ओलाबुङ घर बताउन ुहुन्छ यहाँ ५० साल देखि बस्दै आउनु भएको हो । स्थानिय जानकार कुलप्रसाद अधिकारिले भने यहाँ “उहाँलाई कसैले कुट्ने पिट्ने गर्दैन स्वतन्त्र छ ,आउदा घरमा जे बनेको छ सबैले दिने गरेका छन् ।” २०५० सालतिर उनी यहाँ बस्न थालेकि हुन कसैलाई केही गर्दिन्न,गाउँका बालबच्चा पनि उनिसङ्ग डराउदैनन आफ्नो सुरमा यताउता हिडछिन बारिमै कसैले चामल दियोभने पकाएर खान्छिन् आफैसङ्ग पकाउने पस्किने सिलौटो लोहोरो काट्ने चक्कुदेखि खन्ने कोदालो सम्म आफै यो दुईटा बोरामा बोकेर हिड्ने गरेकि छन् ।
पहिले बल हुन्जेल सबैलाई काम सघाएर गुजारा चलाउने उनी अहिले काम गर्न सक्दिनन मागेर पेट पाल्नुपरेको छ ।सबैले माया गरेर यतिन्जेल उनको जेनेतेने जीन्दगी चलेको छ । अब बुढेसकालको साहारा को हो केही थाहा छैन् । यतिका समय उनको कोहि सम्पर्कमा नआएको जगन्नाथ अधिकारिको भनाई रहेको छ ।
स्थानियले उनी बस्ने घर र नागरिकता बनाउने पहल नगरेका होईनन । घर बनाईदिदा बनाएको घरमा नबस्ने र नागरिकता बनाउन फोटो समेत खिच्न नमानेपछि उनको नागरिकता समेत छैन् । स्थानिय निकायले चामल राहत स्वरूप मिलाएपनि लिन नमान्ने केही लिएपछि उनि बाख्रा चराकोमा कटाउला, दाउरा खोजेकोमा कटाउला भनी कटाएर हिड्ने उनको बानि छ । सुख्खा मौषममा बारिमा आगो बाल्ने त्यहि खाना पकाउने त्यहि खरानी फिजाएर सुत्ने गरेको छबिलाल अधिकारिले बताए ।
गाउँलेहरुले लगाउन दिएको कपडा समेत नलगाउने आफुखुसि दिएको कुनै चिज(चामल,दाल,खाजा ) नखाने नलाने र उनले मागेपछि मात्र दिदा लाने गरेको स्थानिय अईन्द्र अधिकारीले बताए ।
साहारा बिहिन उनी अब बुढेसकालमा कसले साहारा दिने कुनै टुङगो छैन् । दिनानुदिन कमजोर उनी पकाउन हिड्न समेत कठिन हुँदै गएको देखिन्छ ।
२८ वर्ष देखि बेसहारा जीवन
२८ वर्ष देखि बेसहारा जीवन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस