पाँचथर । नेकपा (एमाले) पाँचथरको जिल्ला अध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन् । जारी नवौँ जिल्ला अधिवेशनमा कार्यवाहक अध्यक्ष विश्नु प्रसाद सापकोटा विमल र मेघराज घिमिरेले मनोनयन दर्ता भएको छ ।
तर नेताहरुले सर्वसम्मत अध्यक्ष छान्न प्रयास गरिरहेका छन् । सापकोटालाई अध्यक्ष बनाउने तयारी छ । पूर्व सासद आशारत्न जवेगुपनि अध्यक्षको आकाक्षी भनेर हल्ला गरीएपनि मनोनयन दर्ता भएन । उपाध्यक्षमा नर बहादुर गुरुङ र विर बहादुर कुरुम्बाङ, सचिवमा पृथ्वि लावती र विलास योङ्याको मनोनय दर्ता भएको छ ।
उप-सचिव पुरुष पदमा ५ र महिलामा ४ जनाकोउम्मेद्वारी छ । यि मध्ये एक-एक जना छानिने छन् । पदाधिकारी सहित ७० जनाको जिल्ला कमिटि बन्ने छ । सबै पदमा सर्वसम्मत गर्नका लागि प्रयास भईरहेको एक नेताले बताए ।