फिदिम । पाँचथर जिल्लामा पाँचौे पटक निषेधाज्ञा थप भएको छ । जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार ७ गतेसम्म थप्ने निणर्य भएको हो ।
साेमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार ७ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।
कोभिड- १९ नियन्त्रण भइनसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले बताए ।
उनले भने जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निणर्य भएको हो, त्यहीअनुसार आदेश जारी हुन्छ ।
थपिएको निषेधाज्ञामा अब निर्माणका कार्यहरूमा टाईंम कार्ड सहित सुचारु गर्ने निणर्य भएको छ । बैंक वित्तीय संस्थाहरूको हकमा हप्ताको चार दिन सोमबार र बुधबार बाहेक दिनको ११ः०० बजे बाट २ः०० बजे सम्म खुल्ला रहनेछन । यस अघि बैंकहरु हप्ताको दुई दिनमात्र खुल्दै आएका थिए ।
एक साता थपिएको निषेधाज्ञा अत्यावश्यक सेवा प्रदान गर्ने औषधि पसलहरु खुल्ला रहने त्यस बाहेक दुग्धजन्य , हरियो सागसब्जीजन्य , फलफूल पसलहरु , खाद्यान्न पसलहरु , निर्माण सामाग्रीका पसलहरु र पशु एवम पशु आहराजन्य सामग्रीका पसलहरु दैनिक बिहान ८ ः०० बजे बाट १०ः०० बजे सम्म सुचारु गरिने निणर्य भएको छ ।
साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जनाइएको छ ।
विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिनेछन् ।
निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निणर्य भएको छ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायतका कार्यक्रम गर्न पाइने छैनन् ।
कोरोनाको दोस्रो लहर आएपछि पाँचथरमा यो पाँचौ पटक निषेधाज्ञाको अवधि थपिन लागेको हो । वैशाख २७ गतेबाट पाँचथर निशेधाज्ञा जारी छ ।
पाँचथरमा ३५ दिन निशेधाज्ञा भए पनि संक्रमण दर घटेको छैन् । संक्रमण नघदा जोखीम बढेर गएको छ । संक्रमण बढ्दो छ भने निशेषाज्ञा खुकुल्लो बन्दै गएको छ ।