राष्ट्रपतिका प्रेस संयोजक खिला कार्किका अनुसार १ बजे पाँचथर पुग्ने कार्यक्रम रहेको छ । पौडेलले महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।
राष्ट्रपति आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थ कडा बनाइएको छ । नेपाली सेनाको टोली केही दिनअघि नै फिदिम पुगेको छ । नेपाल प्रहरीका कोशी प्रदेशका डीआईजी चन्द्रकुवेर खापुङसहित सुरक्षाको उच्च टोली फिदिममा छ ।
राष्ट्रपतिको स्वागत तथा महायज्ञको तयारी पूरा भएको क्याम्पसका सञ्चालक समितिका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले जानकारी दिए ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले राष्ट्रपति पौडेल महायज्ञमा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको जानकारी दिए ।