विराटनगर । पाँचौ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।
मोरङको बेलवारीस्थित बलुवाई आइटिएफ तेक्वान्दो डोजो डाँगीहाटले आयोजना गरेको प्रतियोगितामा झापाले प्रदेशका ११ जिल्लालाई पछिपार्दै उपाधि जितेको हो । प्रतियोगितामा मोरङले ३ स्वर्ण, ३ कास्य र ७ रजत तथा सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर दोस्रो र तृतीय भएको छ ।
प्रतियोगिता अर्न्तगत महिला ४०–४५ तौल समुहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजककी बिलिसा माझी द्वितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भइन् ।यसैगरी महिला ४६–५० तौल समुहमा सुनसरीकी एलिका बि.क., झापाकी नम्रता सिगु र मोरङकी अनुस्का धिमाल पहिलो, दोस्रो र तेस्रो भए । यस्तै, ५१–५५ तौल समुहमा सुनसरीकी बिट्नी राई, मोरङकी प्रिया राय र झापाकी रेसिका बराल पहिलो, दोस्रो र तेस्रो भए ।
यस्तै. ५६–६० तौल समुहमा भोजपुरकी सजिना तामाङ्ग, सुनसरीकी एलिजा राइ र आयोजक दिक्षा लिम्बु अनि पायल मगरले पहिलो, दोस्रो र तेस्रो पदक जिते । त्यस्तै, ६१–६५ तौल समुहको स्वर्ण झापाकी सेहना लिम्बु, रजत आयोजककी दिक्षा खड्का र मोरङकी मोरङकी मनिषा भूर्तेल तथा इलामकी नैना खातुनले कास्य जिते ।
६६ माथिको तौल समुहमा आयोजककी एलिजा राजवंशी पहिलो र झापाकी सुष्मा आक्षमी दोस्रो भइन्।त्यसैगरी पुरुषको ४५–५० तौल समुहको प्रथम मोरङका प्रकाश शर्मा, द्वितीय झापाको सौरव श्रेष्ठ, तृतीय पााचथरको मनिष राई र भोजपुरको दिपक राई भए । ५१–५५ तौल समुहको प्रथम पाँचथरका आलोक राई, द्वितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।
यसैगरी ५६–६० तौलमा झापाका प्रितम धिमाल पहिलो, इलामका दिपप्रसन राइ द्धितिय र मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग तेस्रो भए । यस्तै ६१–६५ केजी तौलमा मोरङका लक्ष्मण राजवंशी, झापाका मनिष श्रेष्ठ र आयोजकका सोनुदेव पौदार पहिलो, दोस्रो र तेस्रो भए ।
६६–७० तौल समुहको प्रथम मोरङका प्रथम कार्की, द्वितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली, ७१ किलो माथिको तौल समुहको प्रथम झापका अनोमल लिम्बु, द्वितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए । दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागिता रहेको नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले जनाए ।