इलाम । नेपाल–भारत सिमाना स्थित इलामको पशुपतिनगर चारमाईलबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र बारुद बनाउने सोडा सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । सोमबार शसस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटीएको टोलीले पाँचथरका ५८ बर्षीय याम बहादुर तुम्बापोलाई ब्राउन सुगर र बारुद बनाउने सोडा सहित पक्राउ गरेको हो ।
सूर्योदय नगरपालिका–२ चारमाईलमा शंका लागि चेकजाँच गर्दा भारतबाट नेपाल आउदै गर्दा तुम्बापोको साथबाट एकसय ग्राम ब्राउन सुगर, १० किलोग्राम बारुद बनाउने सोडा र पाँचसय २५ ग्राम बारुद बनाउने गन्धक बरामद गरेको छ । बरामद भएको सामग्री सहित तुम्बापोलाई शसस्त्र प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको छ ।
इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले तुम्बोपोलाई इलाका प्रहरी कार्यालयमै राखी थप अनुसन्धान भइरहेको बताए । पक्राउ परेका तुम्बापोको साथबाट प्रहरीले नगद, एक थान मोवाईल सेट र नागरिकता समेत बरामद गरेको खड्काले जानकारी दिए ।