फिदिम । फिदिम नगरपालिका ४ जोरसालबाट केहि मिटरको दुरीमा एक बृद्धको हत्या भएको छ । ८० बर्षीय टेक बहादुर लिम्बुको हत्याको बिषय मा थप अनुसन्धानको गर्नकाे लागी डक शाखा धरानबाट ल्याइएकाे तालीम प्राप्त प्रहरी टोली र कुकुर परिचालित भई अनुसन्धान सुरु गरेको छ । घटनाको बिस्तृत अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि दान बहादुर थापाले बताए । अाईतबार बिहान हत्या गरिएकाे अवस्थामा लिम्बुकाे शव भेटीए पछि थप अनुसन्धानकाे लागी डक शाखा धरानबाट ल्याइएकाे तालीम प्राप्त कुकुर र टाेली बाेलाइएकाे िथयाे ।
टेकबहादुरको आइतबार बिहान हत्या गरिएको अवस्थामा उनको घरमै शव भेटीएको थियो । टेकबहादुरको धारीलो हतियार प्रहार गरि हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ । हत्या भएको घरमा बिरामी श्रीमती र टेकबहादुर मात्र बस्ने गरेका थिए । हत्या गए राती भएको हो ।
प्रहरीले घटनास्थल पुणर्रुपमा शिल गरेर अनुसन्धान गरिरहेको छ । टेकबहादुरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएका छन् । राति सुतेको अवस्थामा टेकबहादुरको हत्या भएको हो ।
टेकबहादुरको घरमा उनकी ८४ बर्षीया श्रीमती कालिमाया मात्रै बस्ने गर्थे । टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन् उनले केहि दिन अगाडी मात्र पेन्सन निकासा गरेको उनलाई चिन्नेहरु बताउछन् । ८४ बर्षीया श्रीमती कालिमाया शारीरीकरुपमा अशक्त रहेकी छिन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
८० वर्षीय बृद्धको हत्या, थप अनुसन्धानको लागी तालीम प्राप्त कुकुर र प्रहरी टोली परिचालित
८० वर्षीय बृद्धको हत्या, थप अनुसन्धानको लागी तालीम प्राप्त कुकुर र प्रहरी टोली परिचालित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस