पाँचथर– पाँचथर बहुमुखि क्याम्पसको दिगो सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने भनेर श्रीमद् भागवत महापुराण सप्ताह तथा पाँचथर आध्यात्मिक महोत्सव हुने भएको छ ।
सामुदायिक क्याम्पस सञ्चालनमा समस्या हुने देखिएकाले पुराण लगाउन लागिएको हो । फाल्गुन–२ गतेदेखि ९ गतेसम्म पुराण लगाउनका लागि धमाधम तयारी भईरहेको क्याम्पसले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
स्नातकोत्तर तहमा बिषय थप गर्ने, विविए र विएसडब्लु कार्यक्रम सञ्चालन गर्ने र प्रदेश र स्थानिय तहको सहयोगमा प्राविधिक विषय पठन पठान गराउने लगायतका लक्ष क्याम्पसको रहेको छ ।
बरिष्ठ कथा बाचक दीनबन्धु पोखरेलले प्रमुख कथा बाचक रहेका छन् । पाँचथरको महत्पूर्ण शैक्षिक प्रतिष्ठान भएकाले क्याम्पसको दिर्गकालिन स्थायित्वका लागि महायज्ञ लगाउन लागिएको सञ्चालक समिति अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले जानकारी दिए ।
पुराण पाँचथर बहुमुखि क्याम्पसको प्राङगणमा गर्ने तयारी भएको छ । पुराण सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाइएको जानकारी दिइएको छ । क्याम्पसले दाताहरुलाई सहयोगका लागि आव्हान समेत गरेको छ ।
पाँचथर क्याम्पसको अक्षयकोषका लागि महायज्ञ
पाँचथर क्याम्पसको अक्षयकोषका लागि महायज्ञ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस