पाँचथर । फिदिम-फालोट सडक खण्ड अन्तरर्गत फेमेखोला पुलमा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहिबार फिदिम- ११ नांगिनबाट सदरमुकाम फिदिम बजार आउदै गरेको ना ८ ख २२६ नम्बरको टिपर अनियन्त्रीत भइ सडकदेखि १६ फिट तल खस्न पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा चालक घनकुटा पार्खिरीबासका अशोक राना मगर र टिपरमा सवार फिदिम ११ का प्रताप दर्नाल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । उनिहरुको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सुमित कुसबाहले जानकारी दिए ।